शताव्दी पुरुष डा.सत्यमोहन जोशी किस्ट अस्पताल भर्ना

शताव्दी पुरुष डा.सत्यमोहन जोशी बिरामी भई किस्ट हस्पिटल, ग्वार्कोमा भर्ना भएका छन् ।

किस्ट अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यका अनुसार हिजो अपराह्न ४ बजे छातिमा असजिलो भए इमरजेन्सीमा किस्ट अस्पताल आएको जानकारी दिँदै उपचार भइरहेको जानकारी दिएका छन् । 

भर्ना भएपछि गरिएको परीक्षणमा डा. जोशीको मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएपछि अस्पतालको डिलक्स सुइटमा भर्ना गरी उपचार भइरहेको जानकारी दिएका छन् । 

यसअघि गत फागुनमा पनि डा. जोशी विरामी भई अस्पतालमा एक साता उपचार गरी घर फर्केका थिए । डा. जोशीको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको सुपरिवेक्षणमा सुपर स्पेस्यालिटी विभागहरुको समेत सहभागीका साथ भइरहेको छ ।

किस्ट अस्पतालले विगत तीन वर्षदेखि डा.जोशीको स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको डा.बज्राचार्यले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् । 

पाठ की फ़ोटो हो सकती है

ताजा खबर