कुमारी बैंकमा ७ वर्षमा दुई गुणा पाइने निक्षेप खाता

मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा

कुमारी बैंकले ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बैंकले यो धमाका ल्याएको हो ।

उक्त निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने बैंकले जनाएको छ । न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको यो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको छ ।

May be an image of text that says "कुमारी डबल धमाका 21 years FINANCIALLIERACY-2022 2022 FINANCIAL ७ वर्षमा डबल हुन्छ रकम .. हर्षोल्लासको धमाका छ अनुपम हর वर्षमा दुई गुणा* ૧૦,००० विशेषताहरु 9. मुद्दती निक्षेपमा राखिएको रकम २. न्यूनतम मौज्दात ३ု. प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुंदै जाने मुह्दतीमा सजिलै ९०% सम्म कर्जा सुविधा कुमारी बैक लिमिटेड KUMARI BANK LIMITED सबैका लागि, सधैंका लागि कुमारी बैक लिमिटेड डिजिटल बॅकिड प्रणालीको प्रवर्द्न गर्दछ।"

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले १९७ शाखा-संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


ताजा खबर