प्रसिद्ध गायिका लता मंगेशकर

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर, १९२९ मा भएको हो । उनी प्रसिद्ध भारतिय गायिका हुन् । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका हुन् । १२ सन् १९४२ मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिउडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन् । उनी आशा भोस्ले, हृदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन् ।
मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन् । उनले १९४८ देखि १९७४ सम्म तीस हजार गीतहरू रेकर्ड गराएकी थिइन् । तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएकी थिईन् ।

प्रारम्भिक जीवन
मंगेशकरको जन्म मामाघर इन्दोरमा भएको थियो । ६ त्यसपछि उनिहरू कोल्हापुर सरे । उनका बुबा दिननाथ मंगेशकर नाटक कम्पनी चलाउनुहुन्थ्यो, पछि बन्द गरेर चलचित्र कम्पनी चलाउनुभयो । त्यही उनिहरूको घर बन्यो । सानोमा उनी चुलबुले स्वभावकी थिइन् । उनका एक भाइ र चार बहिनी थिए । उनी ५र ६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थाल्नुभयो । बुबाको नाटक कम्पनीमा सानो–सानो बच्चाको रोल लिने गर्थिन् । सन् १९४२ मा बुबा बितेपछि सबै परिवार धान्ने जिम्मा उनको काँधमा आयो । त्यसैबखत उनले’नवयुग फिल्म’मा हिरोइनको बहिनीको भूमिका निभाइन् । यो उनको पहिलो चलचित्र थियो, त्यो पनि मराठी । कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमा जागीर गरिन् ।

पाश्र्व गायन
लता बालककालदेखि नै गायिका बन्न चाहन्थिन् । बालककालमा कुन्दनलाल सहगलको एक चलचित्र चण्डीदास देखेर उनले भनेकी थिईन कि ठूलो भएर सहगलसँग विवाह गर्ने छिन् । पहलो पटक लताले वसँग जोगलेकरद्वारा निर्देशित एक चलचित्र कीर्ती हसालको लागि गाईन् । उनको पिता लताले फिल्मको लागि नगाउन् भन्ने चाहन्थे । त्यसैले, यस गीतलाई फिल्मबाट निकालियो । तर उनको प्रतिभाबाट वसन्त जोगलेकर धेरै प्रभावित भए ।

पिताको मृत्यु पछि (जब लता मात्र १३ वर्षकी थिईन्), लतालाई पैसाको धेरै ठूलो समस्या प¥यो र धेरै संघर्ष गर्न पर्¥यो । उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाट पैसाको लागि उनको केही हिन्दी र मराठी फिल्महरूमा काम गर्नु प¥यो । अभिनेत्रीको रूपमा उनको पहिलो चलचित्र पाहिली मंगलागौर (१९४२) थियो, जसमा उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाईन् । पछि उनले धेरै फिल्महरूमा अभिनय गरिन जसमा, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए । बडी माँ,मा लताले नूरजहाँको साथ अभिनय गरिन र उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाईन् । उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन र आशाको लागि पाश्र्व गायन गरिन् ।

१९४५मा उस्ताद गुलाम हैदर (जसले पहिला नूरजहाँको खोज गरेका थिए) आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाई रहेकी थिइन् । उनी चाहन्थे कि लता त्यस फिल्मको लागि पाश्र्वगायन गरुन् । तर गुलाम हैदरलाई निराशा हात लाग्यो । १९४७ मा वसन्त जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए । यस फिल्मको गीतबाट लताको धेरै चर्चा भयो । यस पछि मजबूर फिल्मको गीत ‘अङ्ग्रेजी छोरा चला गया’ र ‘दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने’ जस्तो गीतबाट आफ्नो स्थिति सुदृढ गरिन् । यद्यपी यसपछि पनि लतालाई अत्याधिक सफलता भने मिलिसकेको थिएन । १९४९मा लतालाई यस्तो मौका चलचित्र ‘महल’को ‘आयेगा आनेवाला’ गीतबाट प्राप्त भयो । यस गीतलाई त्यस समयको सबैभन्दा सुन्दरी र चर्चित अभिनेत्री मधुबालामा बनाईएको थियो । यो फिल्म अत्यन्त सफल रहेको थियो र लता तथा मधुबाला दुबैको लागि बहुत शुभ साबित भयो । यसपछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

सम्मान तथा पुरस्कारहरु
– फिल्म फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ रÞ १९९४)
– राष्ट्रिय पुरस्कार (१९७२, १९७५ रÞ १९९०)
– महाराष्ट्र सरकार पुरस्कार (१९६६ रÞ १९६७)
– १९६९ – पद्म भूषण
– १९७४ – गिनीज बुक रेकर्ड
– १९८९ – दादा साहब फाल्के पुरस्कार
– १९९३ – फिल्म फेयर ( लाई फ टाइम अचीवमेन्ट पुरस्कार
– १९९६ – स्क्रीनको लागि लाई फटाइम अचीवमेंट पुरस्कार
– १९९७ – राजीव गान्धी पुरस्कार
– १९९९ – एन.टी.आर. पुरस्कार
– १९९९ – पद्म विभूषण
– १९९९ – जी सिने का का लाई फटाइम अचीवमेंट पुरस्कार
– २००० – आई. आई. ए. एफ.को लाई फटाइम अचीवमेंट पुरस्कार
– २००१ – स्टारडस्टको लाई फटाइम अचीवमेंट पुरस्कार
– २००१ – भारतको सर्वोच्च नागरिक सम्मान “भारत रत्न“
– २००१ – नूरजहाँ पुरस्कार
– २००१ – महाराष्ट्र भुषण


ताजा खबर