‘गर्मीमा चाहिँ पाउडर मेकअप युज गर्छु’ : गौरी मल्ल

मेकअप कत्तिको गर्नुहुन्छ ?
घरमा छु भने पटक्कै मेकअप गर्दिनँ। तर, बाहिर जाँदै छु भने कस्तो ठाउँमा जाँदै छु, त्योअनुसार मेकअप गर्छु। फेसन शो वा इभेन्ट केमा जाने हो, त्यो हेरेर मेकअप गर्छु।

कति वर्षको उमेरदेखि मेकअप गर्न थाल्नुभयो ?

अँ मलाई जहाँसम्म लाग्छ, मैले मुभीमा काम गर्न थालेदेखि नै मेकअप गर्न थालेको हुँ। लगभग ४३ सालतिरदेखि हो कि!

No photo description available.

पार्टीहरूमा जाँदा कस्तो खालको मेकअप गर्नुहुन्छ ?

अवसर हेरेर गर्छु। जस्तै विवाह समारोहमा जाँदा त्यहीअनुसार मेकअप गर्छु। कुनै खास समारोह तथा फेसन शोमा जानु छ भने त्यसमा साधारण मेकअपले काम दिँदैन। अलि हेभी मेकअप गर्छु। किनभने त्यहाँ लाइट र क्यामेराहरु अन भइरहेको हुन्छ। त्यसैले त्यस्तोमा क्याजुअल मेकअपले काम गर्दैन। अनि कस्तो मेकअप गर्ने भन्ने कुरा समयअनुसार पनि भर पर्छ। जस्तै रातिको समयको मेकअप र बिहान वा दिउँसोको समयको मेकअप। रातिको मेकअप गर्दा अलि डार्क हुनुपर्छ भने दिनको समयमा मेकअप गर्दा लाइट नै काफी हुन्छ।

मेकअप गर्न कति समय लाग्छ ?

मेकअपका लागि पनि त्यही अवसरअनुसार समय लाग्छ। सिनेमाभित्रको मेकअप छ भने त्यसमा कस्तो खालको गेटअप हुन्छ, त्यहीअनुसारको मेकअप हुन्छ। एक⁄डेढ घन्टा पनि लाग्न सक्छ। साधारण मेकअप मात्र गर्नु छ भने त १५⁄२० मिनेटमा पनि तयार भइदिन्छु। बाहिर जानु छ भने कुन ठाउँमा जाने त्योअनुसार पनि हुन्छ। कहिलेकाहीं हल्का फाउन्डेसन र एउटै लिप्सिटकले पनि काम दिन्छ।

सुटिङमा गर्ने मेकअप कस्तो लाग्छ ?

म त सुटिङको मेकअपमा इन्जोय गर्छु। मैले मेकअपको परिचय नै सुटिङबाट पाएको हुँ। त्यस कारण नै मैले सबैभन्दा इन्जोय गर्ने मेकअप नै फिल्मी मेकअप हो। फिल्मी मेकअपमा हुँदा एकदम आनन्द आउँछ। बेस्ट लाग्ने मेकअप नै सिनेमाको मेकअप हो।

मेकअपबिनाको सुटिङ सम्भव छ ?

अहँ सम्भव छैन। तर, असम्भव पनि छैन। त्यस्को पनि कारण छ। सिनेमामा विभिन्न खालका लाइटहरु प्रयोग गरिने हुनाले यस्ता खालको सुटिङमा मेकअप गर्नैपर्ने हुन्छ। तर, मेकअप नै गर्न नपर्ने सिनेमाहरु पनि बनेका छन् । जसमा मेकअप गर्न जरुरी नै लाग्दैन। त्यसका लागि नेचुरल लाइटमै काम गरिएको हुन्छु। जस्तै मुकुन्डो भन्ने सिनेमामा मैले धेरै ठाउँमा मेकअप नै गरिनँ।

कस्ता खालको मेकअपका सामग्री प्रयोग गर्नुहुन्छ ?

मेरो विचारमा मेकअपका सामानहरु त क्वालिटी भएकै प्रयोग गर्नुपर्छ। पाएसम्म नेचुरल प्रडक्ट नै युज गर्ने, नभए ल्याब टेस्टेड सामान नै प्रयोग गर्नुपर्छ। मेकअप भनेको यस्तो चिज हो, जस्ले मानिसलाई सुन्दर त बनाउँछ नै, सँगसँगै शरीरलाई हार्म पनि गरिरहेको हुन्छ। यसले पूरा शरीरलाई नै असर गरिरहेको हुन्छ। त्यो कुराहरुमा ध्यान दिनुपर्छ, मचाहिँ यस्तो कुरामा अलि सेन्सिटिभ नै छु।

मेकअपको सामग्री कहाँबाट लिनुहुन्छ ?

म प्रायः बाहिरबाट नै लिएर आउँछु। आफू बाहिर गएका बेला आफैं ल्याउँछु। नभए बाहिर भएका साथीहरुलाई पठाइदिनूू भन्छु।

दैनिक कति खर्च हुन्छ मेकअपमा ?

दैनिकरूपमा त धेरै खर्च हुँदैन। मैले दैनिक युज गर्ने भनेको ग्लिसिरिन, भ्यासलिन र पेट्रोलियम जेल्ली हो। अनुहार र शरीरमा नै यिनै प्रयोग गर्छु। त्यसमा धेरै खर्च हुँदैन। सकिएको बेला एकैचोटी किन्ने हो।

जाडो र गर्मीको मेकअपमा के फरक छ ?

जाडो महिनामा छालालाई बढी मात्रामा मोस्चराइजर चाहिने भएकाले अलि क्रिमी खालको मेक अप बढी गर्छु भने गर्मीमा चाहिँ पाउडर मेकअप युज गर्छु। पाउडर एकदम मन पर्ने भएकाले शरीरमा पनि पाउडर प्रयोग गर्छु।


ताजा खबर