राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गर्ने

एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको प्रशिक्षण दशरथ रंगशालामा गराउने जानकारी दिएको हो । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाउनुभएको छ । 

एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । 

प्रशिक्षणमा बोलाइएका खेलाडी : 

किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राई । 


ताजा खबर