पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सहबाज सरिफ चयन

पाकिस्तानको नयाँ तथा २३ औँ प्रधानमन्त्रीमा सहबाज सरिफ चयन हुनुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १७४ सांसदले मतदान गरेका थिए । प्रधानमन्त्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गर्नुभएको थियो तर तहरिक ए इन्साफका सबै सांसदले संसद बहिस्कार गरेका थिए ।

मुस्लिम लिग एनका अध्यक्ष समेत रहनुभएका नवनिर्वाचित प्रधानमन्त्री सहबाज सरिफ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुनुहुन्छ भने पाकिस्तानको राजनीतिमा शक्तिशाली मानिएको पन्जाब प्रान्तका मुख्यमन्त्री समेत रहिसक्नुभएको छ । –एएनआई


ताजा खबर