‘क्रिटिकल केयर’ नर्सहरुको सार्कस्तरीय सम्मेलन रुपन्देहीमा सुरु : सार्क सदस्य राष्ट्रहरु तथा बाह्य मुलुकका २५ जना भन्दा बढी सहभागि

सार्क राष्ट्का क्रिटिकल केयर नर्सहरुको साझा संगठन रिजनल फेडरेसन अफ क्रिटिकल केयर नर्सको दोस्रो अन्तराष्ट्यि सम्मेलन शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ ।सम्मेलनको नेपालकै पुुरानी क्रिटिकल केयर नर्स रामेश्वरी श्रेष्ठले उदघाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नर्सहरुको क्षमता अभिवृद्धि गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उद्घाटन सत्रको अध्यक्षता सर्कस्तरीय क्रिटिकल फेडरेशनकी अध्यक्ष जया कुरुभिल्लाले गरेकी थिइन्।

सम्मेलनमा २५ जना अन्तर्राष्टिय विज्ञबाट क्रिटिकल केयर नर्सको बिषयलाई समेटी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । क्रिटिकल केयर नर्सिङका गुणस्तरसम्बन्धी विषयहरु, विश्वस्तरमा भइरहेका अभ्यास तथा प्राविधिक विकासलगायत क्रिटिकल केयर नर्सिङका मुख्य पक्षहरुबारे गहन छलफल गरिने आयोजकले जनाएका छन् । त्यसैगरी आयोजकका तर्फबाट नेपालमा क्रिटिकल केयर नर्सिङको अवस्था र नयाँ विषयबारे २५ जना नर्सले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको क्रिटिकल केयर एशोसिएशनकी अध्यक्ष लक्ष्मी केसीले बताइन्।

क्रिटिकल केयर युनिट संवेदनशील ठाउँ भएको हुँदा यसमा कार्यरत नर्सहरुको दक्षता अभिवृद्धि जरुरी रहेको र सम्मेलनले यस विषयमा महत्वपूर्ण निर्णय गर्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्राध्यापक डा. सुवास आचार्यले बताए । सम्मेलनमा सार्कका सदस्य राष्टहरु तथा बाह्य मुलुकका गरी २५ जना भन्दा बढी विदेशी प्रतिनिधिले सहभागिता जनाएका छन् । सार्क राष्ट्का प्रतिनिधिका अतिरिक्त यूएइ, अमेरिका, क्यानडा, बेलायतलगायतका देशबाट सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनमा ४ सय ५० जना सहभागी भएका छन् भने २५ जना अन्तर्राष्टिय व्यक्तित्व, आयोजक कमिटीका प्रतिनिधि पनि सहभागी छन् । सम्मेलनले नर्सहरुको क्षमता अभिवृद्धि तथा क्रिटिकल केयर सीप विकास गर्ने लगायतका महत्वपूर्ण विषयमा साझा धारणा तय गर्ने आयोजकको भनाई छ ।
यसअघि सन २०१७ मा नेपालमा भएको क्रिटिकल केयर नर्सहरुको पहिलो अन्तर्राष्टिय सम्मेलनले सार्कस्तरीय संगठन निर्माण गरेको थियो भने पहिलो अन्तर्राष्टिय सम्मेलन भारतमा भएको थियो । यो संगठनले आईसियूमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिम लगायत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपालमा सुरु भएको दोस्रो सम्मेलनले फेडरेसनको नेतृत्व क्रिटिकल केयर नर्सिङ एशोसिएसनकी अध्यक्ष लक्ष्मी केसीलाई शनिबार सुम्पदै छ । यो सम्मेलनबाट रिजनल फेडरेशनको महासचिवको जिम्मेवारी कविता सिटौलाले सम्हाल्दै छिन् । रुपन्देहीमा भएको दोस्रो सम्मेलनबाट रिजनल फेडरेशन (सार्क) को नेतृत्व आयोजक नेपालले पाउन लागेको हो । यसअघि भारतमा भएको पहिलो सम्मेलनबाट भारतले नेतृत्व पाएको थियो । नर्सहरुको क्षमता अभिवृद्धिका साथै पेशागत हकहितका लागि संगठनले काम गर्दै आएको अध्यक्ष केसीले जानकारी दिइन् ।

Pic Credit: CCNAN


ताजा खबर