आज १३ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमित मृत्यु शून्य

देशभर आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ८ सय ७ नमूनाको परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ५७ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

आज ५६ हजार ५ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर