प्रधानमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाह उद्घाटन

विलासिताका वस्तु आयत व्यवस्थापनमा सहयोग गर्न अनुरोध

प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको मंगलवार उद्घाटन गर्नुभएको छ ।

वीरगञ्जबाट आएका तीन वटा मालवाहक कन्टेनरहरूलाई आज प्रवेश गराउँदै प्रधानमन्त्री देउवाले सुख्खा बन्दरगाहको उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले उद्घाटन कार्यक्रममा बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा कम गर्नका लागि स्वदेशी कच्चा पदार्थ र श्रमलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको आयात निर्यात व्यापारलाई सहज बनाउन सरकारले देशका विभिन्न ठाउँमा सुख्खा बन्दरगाह निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकासमार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले व्यापार घाटा बढेको वर्तमान अवस्थामा अनुत्पादक विलासिताका वस्तु आयत व्यवस्थापनमा सहयोग गर्न व्यवसायीहरूलाई अनुरोध गर्नुभयो ।

वैदेशिक व्यापारका जटिलतालाई सहजीकरण गर्दै सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको समेत प्रधानमन्त्री देउवाको भनाई छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले सुख्खा बन्दरगाहको प्रभावकारी सञ्चालनको लागि निजी क्षेत्रको सहयोगको आवश्यक भएको बताउनुभयो ।


ताजा खबर