विश्वभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थाल्यो

विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितहरुको संख्या फेरि बढ्दै जान थालेको छ ।

विश्व स्वास्थ्य संगठन तथा जोन हप्किन्स विश्व विद्यालयले सार्वजनिक गरेका पछिल्लो २४ घण्टाको तथ्याङ्कमा अमेरिका जर्मनी, फ्रान्स, दक्षिण कोरिया लगायत मुलुकहरुमा एकै दिन लाखौंको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् ।

तथ्याङ्क अनुसार जर्मनीमा एकै दिन २ लाख ३७ हजार संक्रमित थपिएका छन् भने फ्रान्समा पनि २ लाख ३७ हजार संक्रमित एकै दिन थपिएका छन् । यसैगरी बेलायतमा ८० हजार बढी संक्रमित आज थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा विश्वमै धेरै संक्रमित र मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा दक्षिण कोरियामा एकैदिन सबैभन्दा बढी ३ लाख ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । कोरियामा ४३२ जनाको मृत्यु पनि भएको छ । यस्तै जापानमा ४४ हजार र थाइल्याण्डमा २५ हजार बढी संक्रमित थपिएका छन् ।

मृत्युदर कम देखिए पनि संक्रमणदर बढ्नु चिन्ताको विषय भएको विज्ञहरुले औल्याएका छन् ।

यसैबीच संक्रमितको आकँडा सार्वजनिक नगरेको चीनको संघाइमा दोस्रो चरणको लकडाउनको तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यहाँ कोरोना नियन्त्रणका लागि दुई चरणमा लकडाउन गरिएको छ ।


ताजा खबर