९४ औं ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित

लस एन्जेल्सको ‘डल्बी थिएटर’मा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । तीनवटा विधामा मनोनयनमा परेको ‘कोडा’ फिल्मले तीनवटै अवार्ड जितेको हो । फिल्म स्ट्री मिङ प्लेटफर्म एम्पल फिल्मसले निर्माण गरेको हो ।

यस्तै, ‘डुन’ फिल्मले सर्वाधिक अवार्ड प्राप्त गरेको छ । १० विधामा मनोनयनमा परेको यस चलचित्रले ६ वटा अवार्ड जितेको हो । तर ‘द पावर अफ द डग’ ले भने एउटा मात्रै अवार्ड हात पारेको छ । यस फिल्मलाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिइएको थियो । यस फिल्मका डाइरेक्टर जेन क्यापियनले ‘बेस्ट डाइरेक्टर’ अवार्ड पाउनुभएको छ । उहाँ उत्कृष्ट निर्देशकको उपाधिका लागि दुई पटक मनोनयन हुने पहिलो महिला निर्देशक बन्नुभएको छ ।

यस्तै, अभिनेता बिल स्मिथले फिल्म ‘किङ रिचर्ड’ बाट ‘बेस्ट एक्टर’ अवार्ड प्राप्त गर्नुभएको छ । साथै, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘द आइ अफ टम्मी फाय’ बाट जेसिका चास्टाइनले जित्नुभएको छ । यो फिल्ममा उहाँले प्रसिद्ध अमेरिकी मिसनरी ट्यामी फेको वास्तविक जीवनको कथालाई पर्दामा चित्रण गर्नुभएको छ ।

यस्तै, कार्यक्रम प्रत्यक्ष प्रसारण हुनुअघि आठ विधाले ओस्कार अवार्ड पाएका थिए । एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री सर्ट सब्जेक्ट, फिल्म एडिटिङ, लाइभ एक्सन सर्ट फिल्म, मेकअप र हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, प्रोडक्सन डिजाइन र साउन्डका लागि अवार्डहरू प्रत्यक्ष प्रसारण भएनन् ।

स्यामुएल ज्याक्सन, इलेन मे र लिभ उलम्यानलाई २०२२ मा मानार्थ एकेडेमी अवार्डबाट सम्मानित गरिएको थियो। -रोयटर्स


ताजा खबर