प्रेस काउन्सिलको २०७४/७५ को वर्गीकरण नतिजा सार्वजनिक : सफल नेपाल ‘क’ बर्गमा कायमै

प्रेस  काउन्सिलबाट आ.व. २०७४/७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ ।  ९१२ वटा पत्रपत्रिका मध्ये सफल नेपाल राष्ट्रिय साप्ताहिक ‘क’ बर्गमा कायमै रहेको छ ।

वर्गीकरण अनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ । वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक/त्रैमासिक ११ र साहित्यिक/भाषिक ५६ रहेका छन् ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड –२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६/६/१४ मा पेश गरेको थियो । उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ ।

सफल नेपाल राष्ट्रिय साप्ताहिक  सुचना बिभाग दर्ता नं. २१ / ०६४–६५ लाई काउन्सिलले क बर्गमा नै कायम राखेको छ । मुक्तिनाथ मिडिया प्रा.ली ले सिन्धुलीबाट  नियमित रुपमा प्रकाशन गर्दै आएको सफल नेपालको सुचना बिभाग दर्ता नं. २१ / ०६४–६५ रहेको छ ।

विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्रिय एकता, राष्ट्रियतासँगै स्थानीय  प्रति कटिबद्ध यस सफल नेपाल राष्ट्रिय साप्ताहिकले सफलतापूर्वक आफ्नो कार्य सम्पादन गर्दै आएको छ ।

कसैप्रति आग्रह पूर्वाग्रह नराखी निष्पक्षरूपमा समग्र राष्ट्रका समसामयिक मुद्दा उठान गर्दै आएको छ । यस सफलतासँगै सफल नेपालले  आगामी दिनमा पनि राष्ट्र र जनताप्रति समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छौं ।

 

Image may contain: text

http://www.presscouncilnepal.org/np/2019/11/2540


ताजा खबर