भारतका लागि नेपाली राजदूत डा.शङ्करप्रसाद शर्मालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई शुक्रवार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित हुनुहुन्थ्यो ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो । -रासस


ताजा खबर