कांग्रेसका भ्रातृ संघ नेविसंघ र तरुण दल अध्यक्ष नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुई भ्रातृ संघहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएको १। नेपाल विद्यार्थी संघको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङ्ग नियुक्त गर्नुभएको हो ।

तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्न कार्यादेशसमेत दिइएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना र तरुण दल अध्यक्ष जितजंग बस्नेत पार्टी केन्द्रीय सदस्य निर्वाचित भएपछि दुवै संगठनको नेतृत्व खाली थियो ।

ताजा खबर