एदिवसीय बलिङ वरीयतामा सन्दीपको पाँच स्थार सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी एदिवसीय वलिङ वरीयतामा पाँच स्थान सुधार गर्नुभएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बलिङ वरीयतामा सन्दीपले पाँच स्थार सुधार गर्दै ६१औँ स्थानमा उक्लिनुभएको छ ।

यसअघि सन्दीप ६६औँ स्थानमा हुनुहुन्थ्यो । एकदिवसीय वरीयताको शीर्ष एक सयमा नेपालबाट सन्दीपमात्र पर्नुभएको छ । सन्दीपले हालै संयुक्त अरव इमिरेट्समा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

बलिङमा राम्रो गरेपनि ब्याटिङको कमजोरीले नेपाल यूएईसँग दुवै खेलमा पराजित भएको थियो । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई भने पराजित गरेको थियो । वरीयतामा ब्याटिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष एक सय स्थानमा परेका छैनन् । -रासस


ताजा खबर