राष्ट्रिय क्रिकेट पूर्व कप्तान खड्का दशककै उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबिच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । व्यक्तिगत रुपमा पारस नेपालबाट एक दिवसीय तथा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउने खेलाडी हुन ।

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी::Nepali News Portal from Nepal

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी अवार्ड अन्तर्गत उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभाव जमाइसकेकी छिन् ।

२५ वर्षीय उनले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन् । पिपल्स च्वाइस अवार्डको उपाधि टेबल टेनिस खेलाडी एलिना महर्जनले जितेकी छन् ।


ताजा खबर