बाबा गोकर्णेश्वर यातायात र ॐ हस्पिटलबीच छुट सम्झौता

काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित बाबा गोकर्णेश्वर यातायात अटो प्रा.लि. बीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

ॐ हस्पिटलमा मंगलवार आयोजित एक संक्षिप्त कार्यक्रममा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले गोकर्णेश्वर यातायात अटो प्रा.लि.का कोषाध्यक्ष पदम राज सुवेदीलाई सो सम्झौता पत्र हस्तान्तरण गर्नुभएको छ ।  

ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र बाबा गोकर्णेश्वर यातायात अटो प्रा.लि.का कोषाध्यक्ष पदम राज सुवेदीले हस्ताक्षर गर्नुभएको सम्झौतापत्रमा बाबा गोकर्णेश्वर यातायातका यात्रु, मजदुर, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध उपचार सेवाहरुमा विशेष छुट पाउने उल्लेख छ ।

नेपालमा निजि क्षेत्रवाट सञ्चालित अग्रणि अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि.सं. २०४६ सालदेखी निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।

विश्व स्तरिय उपचार सेवाकालागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।

नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफ सेवा- (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन् ।

पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ । क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ ।

इमर्जेन्सि मेडिसिनमा डिएम गर्नुभएका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ । जसले इएमएस भ्यान सहित पेसेन्ट ट्रान्सफर तथा हवाई एम्बुलेन्स (मेडिकल हेली रेस्क्यु) सेवा समेत सञ्चालनमा रहेको छ ।

ॐ हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्येनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेशन वार्ड तथा कोभिड आइसियू समेत सञ्चालन गरेको छ । जस अन्तर्गत हजारौं कोभिड संक्रमितले उपचार पाइसकेका छन् । त्यसैगरी आगामी दिनमा आउनसक्ने नयाँ लहरहरुमा पनि पूर्ववत रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता अस्पतालले गरेको छ । -रासस


ताजा खबर