नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड प्रस्थान गर्ने

थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई आइतबार विदाइ गरेको छ ।

नेपालले थाएल्यान्डसँग मार्च २४ तारिख खेल्नेछ । नेपालले मार्च २७ तारिख त्यहाँको शीर्ष डिभिजनको क्लब चुनबुरीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपालले अभ्यासमा लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन रहेको छ । समूह चरणको खेल भने ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।


ताजा खबर