लुम्बिनीमा विश्व शान्ति दीप अगाडि कृषि विकास बैङ्कको एटिएम 

कृषि विकास बैङ्क लुम्बिनी शाखाले लुम्बिनी विकास कोष भित्र रहेको विश्व शान्ति दीप अगाडि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ ।

एटिएम सेवाको एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), कृषि विकास बैङ्क सञ्चालक समितिका अध्यक्ष रमेश कुमार के.सी., बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गर्नुभएको हो ।

‘सम्पूर्ण बैङ्किङ सुविधासहितको तपाईँ हाम्रो घर आँगनको बैङ्क’ नारासहित कृषि विकास बैङ्कले ग्राहकलाई विभिन्न सेवा प्रदान गर्दै आएको छ ।


ताजा खबर