नेपाल आईडल सिजन ४ को उपाधी भुपेन्द्रले जीते

भैरहवाका भूपेन्द्र थापा मगरले नेपाल आईडल सिजन ४ को उपाधी जीतेका छन् । चार पटक लगातार सबै सिजनमा प्रतिस्पर्धा गरेका उनले चौथो पटकमा आफनो सपना पूरा गर्दै उपाधी हात पारे । लोकप्रिय भोटिगंका आधारमा उनले गएराति उपाधी हात पार्न सफल भए । शनिबार एपीवान टेलिभिजनको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा भूपेन्द्रले उपाधि उचाल्दा फस्ट रनरअप नाङगेल तामाङ बने। रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधिमा स्थान जमाए।

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले नेपाल आइडलको विजेता घोषणासँगै नगद पुरस्कार र उपहार प्रदान गरे। आइडल बनेका भूपेन्द्रले उपाधिसँगै ३० लाख नगद प्राप्त गरेका छन्। अध्यक्ष क्याप्टेन रामे˘वर थापाले उनलाई ३० लाखको चेक प्रदान गरे। स्कुटर, २५ लाख बराबरको जीवन बिमा र थुप्रै कोसेली उपाधिका साथ उनलाई प्राप्त भयो।

फस्ट रनरअप तामाङले ५ लाख नगद प्राप्त गरेका छन्। नगदसँगै स्कुटर, २० लाख बराबरको जीवन बिमा र अन्य उपहार पाए। ३ लाख नगद र ट्रफीसहित रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरे। उनले पनि स्कुटर, १५ लाख बराबरको जीवन बिमा सँगै अन्य उपहार पाए। -रासस


ताजा खबर