दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल

विश्वमा सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल ८४ औं स्थानमा

सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस रिपोर्ट अनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो ।

नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा छन् ।
१४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन ।

विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् ।

खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति वर्षको वार्षिक आय, स्वस्थ जीवन र मृत्युदर, सामाजिक सुरक्षा, स्वतन्त्रता, भ्रष्टाचारसम्बन्धी विभिन्न मानकलाई प्रयोग गरिएको थियो ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ । 

फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् । 

This image has an empty alt attribute; its file name is hpppyyy.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.JPG1_.jpg

रासस


ताजा खबर