‘नर्सिङमा ब्याङ्ग’

~अनिता पोख्रेल

ए छोरा ! प्रेम गरेमा नर्स केटिलाई म केहि भन्दिन

नर्स वाहेक अरु कसैलाई बुहारी म गन्दिन ।

लाखौं कामउन विदेशमा यिनकै हुन्छ हात रे

लौन नर्स केटी खोजिदेउ विदेशमा बस्ने केटो भन्छ रे ।

सुनको अण्डा पैसाकी खानी जस्ती भएनी हुन्छ

विहे गर्न ए बा मलाई नर्स केटि नै चाहिन्छ ।

होइन यो के विधि साह्रो चर्चा यो नर्सको

कस्तो परिणाम हो यो तीनबर्षे कोर्षको ।

रुप, रङ्ग उचाइ र तौल हेर्दै पछि गरौंन

लौन पण्डित बाजे बिहेको साइत जुराउन ।


ताजा खबर