आईसीसी एक दिवसीय सिरिजमा नेपालल र युएई भिड्ने

आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालल आज युएईसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार विहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले घरेलु टोली युएईसँग खेल्न लागेको हो । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको नेपाल आज पनि युएईविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

पछिल्लो महिना भएको टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल आज जित निकाल्दै टी २० मा व्यहोरेको हारको बदला लिने रणनीतिमा रहने छ ।

सन् २०२३ को विश्वकपका लागि भइरहेको छनोट अन्तर्गत नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ भने युएई दोस्रो स्थानमा रहेको छ । 


ताजा खबर