एसईईको तालिका सार्वजनिक : परीक्षा बिहान ८ बजेदेखि

राष्ट्रिय परीक्षा बोर्डले आगामी ९ वैशाखबाट हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ।

यस वर्षको एसईई ९ देखि २० वैशाखसम्म हुने भएको छ। बुधबार बसेको परीक्षा बोर्डको बैठकले स्थानीय तहको चुनावअघि नै परीक्षा गर्ने निर्णय गरेको हो।

जसअनुसार, २० वैशाखसम्म एसईई सक्ने परीक्षा तालिका सार्वजनिक गरिएको छ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछन्।

यस वर्षको एसईईमा पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। यससँगै परीक्षाको तयारी शुरु गरिएको उनको भनाइ छ।

कोरोनाभाइरसको महामारीका कारण गत दुई वर्ष एसईई हुन सकेको थिएन। जसले गर्दा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो।

 


ताजा खबर