बङ्गलादेशका राष्ट्रपति हमिद पोखरामा : आफ्नी धर्मपत्नीका साथ पर्यटकीय नगरी पोखराको दृश्यावलोकन

पोखरा, कात्तिक २८ गते । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा आउनुभएको हो ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आउनु भएको हो । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उहाँको स्वागत गर्नुभयो ।
सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा पूmल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुग्नुभएको छ । त्यसपछि, उहाँ पोखराको फेवातालमा जलविहार गर्नुहुने कार्यक्रम रहेको छ ।

रासस


ताजा खबर