साउदी अरेबियाका राजकुमार फैजल अल बिन फरहान काठमाडाैंमा

साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार दुई दिने  नेपाल भ्रमणका लागि काठमाडाैं आइपुग्नु भएकाे छ  । उहाँलाई परराष्ट्र सचिब भरतराज पाैडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाग्त गर्नुभएकाे थियाे । 

 । नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम  छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भने राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नुहुनेछ । साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ । –रासस


ताजा खबर