ज्येष्ठ नागरिक अस्पताल निर्माणकाे प्रस्ताव स्वीकृत

विहिवार बसेको मन्त्रिपरिषद् नियमित बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गरेको छ ।

सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएकाे छ । 

यसैगरी ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक नि:शुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।

बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिनुभयो ।

उहाँले यसभन्दा अगाडि बसेको मन्त्रिपषिद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको थियो । सो पास भएको नियमावलीकाे थप संशाेधन पास भएकाे  हाे। खेलकुद मन्त्री गहतराजका अनुसार आज पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुने छ ।

सरकारले सार्वजनिक खरिद नियावलीलाई ११ औँ पटक संशोधन गरिएको हो । यसैगरी, बैठकले काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय भएको छ ।


ताजा खबर