आइएमई समूहको मिदास अनलाइन अपोइन्टमेन्ट शुरु

आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीबाट प्रवर्धित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।

यो सेवा हाललाई  वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोमा दिइने बताइएको छ। साथै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्ता, अन्य सरकारी तथा निजी अस्पतालमा यस्तो व्यवस्था मिलाएको हो।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। 
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झट नहुने भएको छ। 

यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ (मेरो डक्टर डट कम) मार्फत पनि उल्लेखित अस्पतालका अनलाइनमा ओ.पि.डी. टिकट सेवा दिइरहेको छ। 
विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।


ताजा खबर