इमर्जिङ टिम्स कप अन्तर्गत लिग चरणको पहिलो खेलमा भारतविरुद्ध नेपाल पहिलो ब्याटिङमा : कुशललाई डेब्यु

भारतका कप्तान बीआर सरथले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा उत्रने भएको हो । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ल टोलीको पूर्ण जिम्मेवारी पाएपछि पहिलो प्रतियोगितामा नेतृत्व गरिरहेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोलीमा डेब्यू गरेका छन् । कुशल कप्तान ज्ञानेन्द्र मल्लको साथ ओपनर आउने छन् ।

नेपालले स्पिनरको रुपमा ललित नारायण राजवंशी र सुसन भारीलाई खेलाएको छ । तीब्र गतिका बलरको रुपमा सोमपाल कामी र करण केसीको जोडीले निरन्तरता पाएको छ । टोलीमा तीब्र गतिका बलर अभिनास बोहोरा, ओपनर इशान पाण्डे, रोहित कुमार पौडेल र सन्दीप जोरा बेन्चमा रहेका छन् । नेपालको शीर्षक्रम ब्याट्सम्यान शरद भेषवकर, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भारी,आरिफ शेख, र कुशल भुर्तेल


ताजा खबर