राजा महेन्द्रले रोकेका थिए महाकवी देवकोटाको तलव

हनुमाने साहित्यकारले चाकरी गर्दै कुलपतिसमेत रहेका राजा महेन्द्रलाई अनेक कुरा लगाइ दिए । बस, राजाको हठ न हो । आफ्नो स्वीकृति विना तासकन्द पुगेको आरोप लगाउदै देवकोटाको तीन महिनाको तलब रोक्का गरि दिए ।

नाम लक्ष्मीप्रसाद भए पनि महाकवी देवकोटा वास्तवमा सरस्वतीका प्रसाद थिए ।

लक्ष्मीको अभावै अभावमा उनले पुरै जिवन कटाउनु पर्यो । तर सरस्वतीको आर्शिवादले देवकोटामा अद्वितिय प्रतिभा थियो । उनले तीन महिनामा शाकुन्तल महाकाब्य, दश दिनमा सुलोचना महाकाव्य र एकै दिनमा कुन्जीनी लेखे। 

देवकोटालाई यिनै कतिले अमर वनायो । मृत्यु भएको पाँच दशकसम्म पनि नेपालमा उनको मुनमदन सर्वाधिक रुचाइएको पुस्तक बनेको छ । 

त्यसैले त भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले देवकोटा बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतार भएको वताएका छन् ।

भारतका तीन प्रसिद्ध कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला तीन बराबर देवकोटा एक्लै रहेको पनि उनले वताएका छन् । 

उठ्ता, बस्ता, हिँड्दा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए उनी । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। बाँचुन्जेल देवकोटाको साथी एउटा कविता थियो भने अर्को चुरोट । 

सारा विश्वले मानेका महाकवीलाई तत्कालीन अवस्थामा नेपालीले भने चिन्न सकेनन् । अरुको त के कुरा स्वयं राजा महेन्द्रले समेत अपमान गरे । कुरा २०१४ को हो । भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठान खुलेको थियो । नेपाली कला, साहित्य प्रवर्धनका लागि । राजा कुलपति थिए भने देवकोटा प्राज्ञ । 

तिनै ताका सोभियत उज्बेकिस्तानको राजधानी तासकन्दमा एसिया र अफ्रिकाका लेखकहरूको सम्मेलन हुने भयो । देवकोटा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यहाँ पुगे । विश्व मञ्चमा देशको इज्जत वढाए । यता उनी फर्किन नपाउदै राजा महेन्द्रलाई कतिपयले कुरा लगाई दिए । देवकोटा त तासकन्द पुगेर कम्युनिस्टबाट भए छन् ।

 यस सन्दर्भमा डा. गोविन्दसिंह राउत लेख्छन् -हनुमाने साहित्यकारले चाकरी गर्दै कुलपतिसमेत रहेका राजा महेन्द्रलाई अनेक कुरा लगाइ दिए । बस, राजाको हठ न हो । आफ्नो स्वीकृति विना तासकन्द पुगेको आरोप लगाउदै देवकोटाको तीन महिनाको तलब रोक्का गरि दिए । यो घटनाले उनलाई निरास बनायो । मन्त्रीपरिषद्का अध्यक्ष सुवर्णशमशेर राणा देखि प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मासम्मको स्वीकृति लिएर उनी त्यहाँ गएका थिए । 

महाकवीको तलव रोक्का गरिएको घटना एक कान दुई कान गर्दै मिडियासम्म पुग्यो । यस सन्दर्भमा पाका पत्रकार भैरव रिसालले लेखकसंग भनेका छन् कतावाट खवर आयो थाहा छैन ।

मेरो सम्पादकले समाचार वनाउन अह्राउनु भयो । मैले देवकोटासंग कुरा गरे । समाचार प्रकाशित भए पछि उहाँलाई तलव दिइयो । तर एक महिनाको पारिश्रमिक जरिवाना गरेर मात्र ।

यो घटनाले  देवकोटालाई ठूलो आघात भयो । क्यान्सर पिडीत देवकोटाको दुई वर्ष पछि २०१६ भदौमा २९ मा निधन भयो । 


ताजा खबर