दीपेन्द्र आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा

नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्नुभएको छ। पुरुषतर्फ फेब्रुअरी महिनाका लागि आईसीसीले सार्वजनिक गरेको मनोनयमा अलराउन्डर दीपेन्द्र पर्नुभएको हो।

उहाँसँगै पुरुषतर्फको मनोनयनमा यूएईका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर पर्नुभएको छ।

ओमानमा भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटमा दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्नुभएको थियो। ब्याटिङ र बलिङमा राम्रो खेल प्रदर्शन गर्नुभएका दीपेन्द्र मनोनयनमा पर्नुभएको हो।

प्रतियोगितामा दीपेन्द्रले ६ विकेट र १५९ रन बनाउनुभएको थियो। आईसीसीले प्लेयर अफ द मन्थको विजेताको घोषणा भोटिङको आधारमा गर्नेछ। आईसीसीको वेबसाइटमा यहाँ क्लिक  गरेर गएर भोट गर्न सकिन्छ।

दीपेन्द्रलाई भोट गर्न सकिन्छ

आईसीसीले विजेताको घोषणा हरेक महिनाको दोस्रो सोमबार आफ्नै च्यानलमार्फत गर्नेछ।


ताजा खबर