इन्धनका लागि नेपाल-भारत संयुक्त समूहको बैठक सकियो

नेपाल–भारतका अधिकारी रहेका तेल तथा ग्यासका लागि कार्य गर्ने संयुक्त समूहको बैठक सम्पन्न भएको छ ।

सो समूहले पेट्रोलियम पदार्थको सहज आपूर्ति, अमलेखगञ्च–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सुरक्षा व्यवस्थाको विषयमा छलफल गर्नुका साथै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्झौताको नवीकरणका विषयमा छलफल गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारत बीच सहसचिवस्तरीय सो समूह गठन भएको थियो ।

सोमबार भएको छलफलमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव ईशा श्रीवास्तवलगायतका प्रतिनिधिको सहभागिता थियो ।


ताजा खबर