दमकमा वरिष्ठ चिकित्सकहरुद्वारा स्पाइन क्लव गठन

प्रदेश एकको बहु चर्चित झापा जिल्लाको प्रख्यात शहर दमकमा स्पाइन क्लव गठन गरिएको छ ।

वरिष्ठ स्पाइन सर्जन प्रा.डा. गौरवराज ढकाल संरक्षक रहनुभएको स्पाइन क्लवका संयोजकमा एडभान्स मल्टिस्पेशियालिटी अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.अनुप पोखरेल रहनु भएको छ ।

सदस्यहरुमा भने डा. डिल्ली रिजाल, डा. मनोज कुमार साह, डा. खड्ग लिम्वु, डा. नविन कुमार सिंह, डा. दीप नारायण झा, डा. अरुण कुमार साह, डा. प्रविण चौधरी रहनु भएको छ ।

स्पाइन सर्जरी/ मेरुदण्डका समस्या तथा रोगहरुको निदान तथा उपचारसँगै सचेतना कार्यक्रम सञ्चालन गर्ने, दुर्गम तथा उपचारको सुविधा नरहेका स्थानहरुमा निःशुल्क उपचार शिविरहरु सञ्चालन गर्ने, विभिन्न विद्यालय तथा सामुदायिक संघ संस्थासँग सहकार्यगरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सहित स्पाइन क्लव गठन गरिएको प्रा.डा. ढकालले बताउनु भएको छ ।

क्लवले आगामी बैशाख महिनामा राष्ट्रिय स्तरको एकदिने सपाइन समवन्धि गोष्टि समेत आयोजना गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

निकट भविष्यमा दमकमा नै स्पाइन समवन्धि उपचार गर्ने विशिष्ट तथा अत्याधुनिक सुविधाहरु सहितको स्पाइन सेन्टर स्थापन गरी पुनस्थापना सहितको उपचार सेवा उपलब्ध गाराउने योजना रहरको समेत प्रा.डा. ढकालले सफल नेपाललाई बताउनुभयो।

झापा दमकका स्थानीय वासिन्दा समेत रहनुभएका प्रा.डा. गौरवराज ढकाल राष्ट्रिय ट्रमा सेन्टर तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो समाजिक उत्तरदायित्व बोध गरी आफ्नै स्थानमा नियमित रुपमा विशिष्टिकृत स्पाइन उपचार सेवा उपलब्ध गराउँदै आउनुभएको छ ।


ताजा खबर