नेपालमा ११ लाख १७ हजार ४६ जनामा कोरोना संक्रमण

आज थप ६८ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसबाट अहिलेसम्म नेपालमा ११ लाख १७ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी सुरु भएपछि गत दुई वर्ष यता नेपालमा ११ लाख १७ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

यसैगरी गत दुई वर्षदेखि आजसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४७ पुगेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

आज थप ६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय २९ नमुनाको परिक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा ५ सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् ।

दैनिक संक्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

आज थप २ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।


ताजा खबर