नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान 

युनाइटेड अरब इमिरेट्स (यूएई) मा मार्च १६ देखि २२ सम्म आयोजना हुने आईसीसी विश्वकप लिग–२ मा सहभागिता जनाउन नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको छ । लिग–२ अघि श्रीलंकामा अभ्यास खेल खेल्न नेपाली टोली शनिबार श्रीलंका प्रस्थान गरेको हो ।

नेपालले यूएई जानुअघि श्रीलंकामा स्थानीय पहिलो श्रेणीको क्लबसँग चार वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । अभ्यास खेल र विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएई र पपुवा न्युगिनी (पीएनजी( सँगको एकदिवसीय सिरिज खेल्न लागेको हो ।

क्यानले दुई दिनअघि मात्र छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम खेलाडी टोलीको नाम सार्वजनिक गरेको थियो । नेपाली टोली श्रीलंकाबाट  मार्च १४ मा यूएई प्रस्थान गर्नेछ । नेपाली टोलीलाई शुक्रबार साँझ नै  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका पदाधिकारी लगायतले बिदाइ गर्नुभएको थियो । 

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।


ताजा खबर