बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता : बाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी बारे छलफल

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग  प्रधानमन्त्री केपी शर्मा ओलीले  शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा घनिभूत रुपमा छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने बचन दिनुभएको छ।

दुबैदेशबीच बाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

नेपाललाई बंगलादेशले उपलब्ध गराउदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पु¥याउने बिषयमा पनि छलफल भएको छ ।

व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्री र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

यि सबै कुराको निम्ति प्रधानमन्त्रीले बंगलादेशका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

मेरियट होटलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत भेटवार्तामा सहभागी हुनुहुन्छ  ।

Image may contain: 4 people, people smiling, people standing and suit

त्यस्तैगरी मंगलबार नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिदले  बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गर्नुभएको छ  ।Image

Read more at: http://radionepal.gov.np/oldsite/news-details/29693/2019-11-13
Follow us: @radionepal on Twitter | @radionepal on Facebook


ताजा खबर