२३ औँ बुढासुब्बा गोल्डकप फुटबल चैत अन्तिममा हुने 

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३ औँ संस्करण चैत अन्तिममा आयोजना हुने भएको छ ।

कोरोना महामारीका गत वर्ष स्थगित बुढासुब्बा यस पटक चैत २६ देखि २०७९ वैशाख ३ गतेसम्म आयोजना हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा दुई भारतीय क्लबलाई सहभागी गराउने प्रयास भइरहेको छ ।

सहिद स्मारक ए डिभिजन लिगका ३ क्लब, मोफसलका २ क्लब र आयोजक धरान गरी ८ टोलीको सहभागिता रहनेछ । विजेताले उपाधिसहित १० लाख, दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २० हजार, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार रुपैयाँ पाउनेछन् ।


ताजा खबर