आइओसीले फेरि पेट्रोलिय पदार्थको मूल्य बढायो

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ । आइओसीले रुस र युक्रेनबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्य वृद्धि भएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल आयल निगमलाई आइओसीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको नयाँ मूल्य सूची मंगलबार पठाएको छ । उक्त सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.८९ रुपियाँ, डिजेलमा प्रतिलिटर ३.०८ रुपियाँ र मट्टितेलमा प्रतिलिटर १०.३० रुपियाँ वृद्धि भएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ३.३२ रुपियाँ र एलपिजी ग्यासमा प्रतिसिलिन्डर १०० रुपियाँ वृद्धि भएको छ ।
नेपाल आयल निगमले मंगलबार विज्ञप्ति जारी गर्दै अब पेट्रोलमा प्रतिलिटर २०.५२ रुपियाँ, डिजेलमा १६ रुपियाँ र एलपीजी ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपियाँ घाटा हुने जनाएको छ । मूल्य वृद्धिको नयाँ सूची अनुसार नेपालाई मासिक छ अर्ब १८ करोड रुपियाँ घाटा हुने विज्ञप्तिमा उल्लखे छ ।


ताजा खबर