‘एमसीसी अब राष्ट्रको हितमा कार्यान्वयन हुनपर्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भएकाले अब कार्यान्वयनमा जानुपर्ने बताउनुभएको छ ।

एमसीसी पारित भएपछि उठेका विषयमा जानकारी दिन काठमाडौंमा मंगलबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘प्रक्रियाबाट पारित भएपछि अब कार्यान्वयनमा जानुको विकल्प छैन,’ उहाँको भनाइ छ, ‘राष्ट्रिहितको पक्षमा कसरी कार्यान्वयमा हुन्छ हेर्न बाँकी छ । एमसीसी विकासको पक्षमा होस् ।’

अध्यक्ष ओलीले एमालेलाई प्रक्रियाबाट बलजफ्ती बाहिर राखेर एमसीसी पारित गरेको उल्लेख गर्नुभयो ।

तत्कालिन सरकारले एमसीसी संसदमा प्रस्तुत गरे पनि सभामुखले छलफल हुनबाट रोकेको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै गलत मनसायका कारण एमसीसी सम्झौता झण्डै तीन वर्षदेखि अनावश्यक ढङ्गले गिजोलिएको उल्लेख गर्नुभएको छ ।


ताजा खबर