रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल एशोसिएसन युइएफएले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको छ ।

फिफाको यो निर्णयबाट अब रुसले २०२२ को विश्वकप र महिला युरो २०२२ का कुनैपनि खेलहरुमा सहभागिता जनाउन पाउने छैन ।

फिफाको यो निर्णयसँगै रुसले अर्को महिना विश्वकप छनौटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । रुसले विश्वकप छनौटको प्लेअफमा पोल्याण्डसँग सेमिफाइनलमा सामना गर्ने तालिका रहेको थियो ।

फिफा र युइएफएको यो निर्णयले युरोपा लिगको अन्तिम सोह्रमा परेको आर.बी. लिप्जिङ क्लबले समेत खेल छोड्नुपर्ने देखिएको छ ।

यसअघि फिफाले रुसले आफ्नो खेल फुटबल युनियन अफ रसियाको नाममा र राष्ट्रिय झण्डा अनि राष्ट्रियगान बिनानै फुटबल खेल्नुपर्ने निर्णय गरेको थियो ।

तर यसको अधिकांश युरोपेली राष्ट्रहरुबाट आलोचना भएपछि फिफाले अन्तर्राष्ट्रिय खेलबाट रसियालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । युइएफएले भने यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्सको फाइनल खेल पेरिसमा सारिसकेको छ ।-रासस


ताजा खबर