प्रतिनिध सभाको बैठक आज : मुख्य एजेण्डा ‘एमसिसी’

प्रतिनिध सभाको बैठक आज बस्दैछ। अमेरिकी अनुदान सहायता ‘मिलेनियम च्यालेन्स कर्पोरेसन’ (एमसिसी) नेपाल कम्प्याक्ट संसदमा फागुन ८ गते टेबल भएपछि पटक–पटक सर्दै आएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

फागुन १२ गते बस्ने भनिएको बैठक सत्ता गठबन्धनबीच कुरा नमिलेसँगै अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो। १३ गते पनि सूचना टाँसेरै आइतबारका लागि बैठक सारिएको थियो।

संसद सचिवालयले आज बस्न लागेको बैठकको संभावित कार्यसुची सार्वजनीक गरिकसकेको छ । आजको बैठकको मुख्य एजेण्डामा एमसिसी नेपाल कम्प्याक्ट नै छ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले १ः०० बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने कार्यसूची सार्वजनिक गर्नुभएको छ। 

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो ।

बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नुका साथै संसद्‍मा जारी अवरोधलगायत विषयमा छलफल गर्नेछ । –रासस


ताजा खबर