रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रमा मन्दी छाउने चिन्ता

सुदूरका दुई देश रुस र युक्रेनबीच बढ्दो तनाव सैन्य आक्रमणमा बदलिएपछि विश्व समुदायको ध्यान त्यतातर्फ मोडिएको छ । युक्रेनको पूर्वी सीमा दुई राज्यलाई रुसले छुट्टै देशको मान्यता दिने घोषणा गरेसँगै बिहीबार सैन्य आक्रमण सुरु भयो । युद्धसँगै त्यसका मानवीय र भौतिक क्षतिका परिणाम बढ्न थालेका छन् ।

सँगै त्यसबाट पर्ने आर्थिक असरका विषयमा समेत विभिन्न कोणबाट चर्चा सुरु हुन थालिसकेका छ । रुसले युक्रेन सङ्कटले विश्व अर्थतन्त्र मन्दीतर्फ जाने चिन्ता व्यक्त गर्न थालिएको छ । विश्व कुल गार्हस्थ्य उत्पादनमा यी दुई मुलुकको हिस्सा दुई प्रतिशत जति छ । रुस पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको मुख्य उत्पादक र भण्डारण गर्ने मुलुक हो भने युक्रेनको कृषि उत्पादनले विश्वको ठूलो जनसङ्ख्यालाई भरणपोषण गरिरहेको छ । युक्रेन विश्वको पाँचौँ ठूलो गहु निर्यातकर्ता मुलुक हो ।

Ukraine tensions: A dozen nations tell citizens to leave Ukraine - BBC News


यसलाई दोस्रो विश्वयुद्धपछि युरोपमा सिर्जित सबभन्दा ठूलो सङ्कटका रूपमा लिएको पाइन्छ । यसले युरोपलगायत विश्वकै आर्थिक पुनरुत्थानमा सर गरेको मानिएको छ । भूराजनीतिक तनावका कारण आपूर्ति शृङ्खलामा व्यवधान आउने र मुद्रास्फीति बढ्ने आकलन गरिएको छ । यो प्रभाव कति धेरै समयसम्म रहन्छ र कति ठूलो हुन्छ भन्ने कुरा सङ्कट कति लामो सयमसम्म रहन्छ भन्नेमा निर्भर हुनेछ । विश्लेषकहरूले रुसको लक्ष्य स्पष्ट नभए पनि युक्रेनको सरकार परिवर्तन गरी रुस अनुकुलको सरकार बनाउनेदेखि युरोपकै राजनीतिक नक्सा परिवर्तन हुनेसम्मको अनुमान गरेका छन् । आयातमा निर्भर नेपालको अर्थतन्त्र पनि यी दुई देशबीचको विवादका कारण प्रभावित हुने देखिन्छ 

वैदेशिक व्यापार
यी दुई देशसँग नेपालको कुल आयात व्यापार चालू आव २०७८/७९ को सात महिनासम्म करिब १९ अर्ब रुपियाँ पुगेको छ जसमध्ये युक्रेनबाट १४ अर्ब ४२ करोड र रसियाबाट चार अर्ब ३१ करोड रुपियाँको आयात भएको छ । आयातको तुलनामा निर्यात अत्यन्त कम छ । रुसमा नेपालले सात महिनासम्म १५ करोड ११ लाख रुपियाँ र युक्रेनमा १५ लाख ७८ हजार रुपियाँको वस्तु निर्यात गरेको छ ।

रसियाबाट नेपालले खासगरी सुकेको केराउ, तोरी, सूर्यमुखी तेलको कच्चापदार्थ, पत्रिकाको कागजजस्ता वस्तु आयात गरेको छ भने कालो चिया, गलैँचा, अगरबत्तीलगायतका वस्तु निर्यात गरेको छ । त्यस्तै युक्रेनबाट मुख्य गरी कच्चा भटमास र सूर्यमुखी तेल आयात गरेको छ भने गलैँचा र यार्चागुम्बालगायत निर्यात गरेको छ । दुई देशबीचको विवादका कारण यी देशहरूसँग हुने नेपालको व्यापार स्वाभाविक रूपमा प्रभावित हुनेछ । खासगरी खानेतेल आयात प्रभावित हुँदा नेपालमा त्यसको भाउ बढ्ने देखिन्छ । त्यस्तै पेट्रोलियम आपूर्ति अवरुद्ध हुँदा विश्व बजारमा त्यसको मूल्य बढ्ने र जसको सोझो असर नेपालमा देखिने अनुमान छ ।

Edible oil to get costlier amid Russia's invasion of Ukraine

इन्धनमा सङ्कट बढ्ने आशङ्का
रुसी अर्थतन्त्र ग्यास तथा इन्धन बिक्रीमा ठूलोस्तरमा निर्भर छ । युरोपेली सङ्घका मुलुकमा प्राकृतिक ग्यासको ४० प्रतिशत हिस्सा रुसबाट आउँछ । बेलायतमा यो तीन प्रतिशत छ । रुस युक्रेन सङ्कटले विश्व बजारमा पेट्रोलिम पदार्थको मूल्य अकाशिने आकलन गरिएको छ । केहीले सङ्कट गहिरिँदै गए कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० देखि १४० डलर पुग्ने अनुमान गरेका छन् ।


अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य दुई अङ्कले वृद्धि भइरहेको छ । कच्चा तेलका मूल्य एकहप्ता अघिप्रति व्यारेल ९३ अमेरिकी डलर थियो । शुक्रबार एक सय डलर पुगेको छ । बिहीबार प्रतिव्यारेल १०५ डलर थियो । रुस र युक्रेनको आक्रमणले एक्कासी कच्चा तेलको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

त्यो स्रोत विज्ञहरूले पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अझ बढ्ने विष्लेषण गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो, “विज्ञले आगामी गर्मी महिनासम्म प्रतिव्यारेल १२० देखि १५० अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । ”

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि आगामी मूल्य सूची बढेर आउने निगमले जनाएको छ । उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आउने मूल्य सूची १०० अमेरिकी डलरको हाराहारीमा बढेर आउने निश्चित छ । मूल्य बढेपछि निगमको घाटा पनि बढ्ने निश्चित छ । थप घाटा पूर्ति गर्ने सवालमा निगम चिन्चित रहेको र यसले थप समस्या ल्याउन सक्ने उपाध्यायको दाबी छ ।

Gold and silver prices have dropped – English.MakaluKhabar.com

सुनचाँदीको मूल्य बढ्ने अनुमान
युक्रेन र रुसबीच देखिएको भूराजनीतिक तनावका कारण सुनको मूल्यमा पनि उतावचढाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य नौ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य दुई हजार अमेरिकी डलर प्रतिअउन्ससम्म पुग्ने र केही समयपछि ‘पुलब्याक’ हुने अनुमान गर्न थालेका छन् । यदि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई हजार डलरभन्दा माथि पुगेमा नेपाली बजारमा प्रतितोला एक लाख दुई हजारभन्दा माथि पुग्ने व्यवसायीको भनाइ छ । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँसम्म पुगेको थियो । शुक्रबार प्रतितोला ९८ हजार रुपियाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुन मूल्यको यो उतारचढाव एक सातासम्म कायम रहने अनुमान गरेका छन् ।


ताजा खबर