नेपाल आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा

ग्लोवल क्वालिफायरको सेमिफाइनल खेल आज यूएईसँग खेल्ने

आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ ।

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् ।

यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।


ताजा खबर