देशभर ३ सय ५० जनामा कोरोना पुष्टि : ४ जनाको मृत्यु

आज देशभर ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल ७ हजार ९६ नमूनाको परिक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार २ सय ७२ जना संक्रमित निको भएका छन् भने हालसम्म ९७ दशमलव ४ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज संक्रमित ४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय १७ पुगेको छ ।

हाल १३ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभरका ७ लाख ६९ हजार ५ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर