४ सय ३७ मा कोरोना पुष्टि : दुई जनाको मृत्यु 

शुक्रवार ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

९ हजार ९१ नमुना परिक्षण गर्दा ४ सय ३७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरि ६ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र कैलाली रहेका छन् । 

काठमाडौँ उपत्यकामा ५ हजार ७ सय ८५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौँमा ३ हजार ३ सय ८६, भक्तपुरमा ५ सय ५० र ललितपुरमा १ हजार ८ सय ४९ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । 

कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या घटेसँगै देशभर १४ हजार ४ सय ३५ जना सक्रिय  संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा २ हजार ४ सय ५४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ लाख ४८ हजार ७ सय ८४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ ।  


ताजा खबर