थप ६ सय ३९ जनामा कोरोना पुष्टि : तीनको मृत्यु

आज देशभर थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

६ हजार ७ सय ८२ नमुनाको पिसिआर परिक्षण गर्दा ५ सय ४८  र २ हजार ९ सय ७४ नमुना एन्टीजेन परिक्षण गर्दा १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । 

आज एक हजार ६ सय संक्रमित निको भएका छन् भने हालसम्म ९६ दशमलव ९ प्रतिशत संक्रमित निको भइसेकेका छन् ।

आज संक्रमित ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५ पुगेको छ । 

हाल देशभर १८ हजार २ सय ५१ सक्रिय संक्रमित रहेका छन् ।

आज २ लाख १४ हजार १ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ । 


ताजा खबर