माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने

नेकपा माओवादी (केन्द्र)को संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा संसद्मा एमसीसी टेबल भए माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय भएको नेकपा माओवादी (केन्द्र)का प्रमुख सचेतक देव गुरुङले पत्रकारहरूलाई जानकारी दिनुभयो ।
गुरुङ जबरजस्ती र बिना छलफल यथास्थितिमा एमसीसी संसदमा लगिए सरकार  छाड्न सक्ने बताउनुभयो ।


ताजा खबर