नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने

एमसीसी, प्रधानन्यायाधीशको महाअभियोग लगायतका समसामयिक विषयमा छलफल हुने

 नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

मङ्गलवार बिहान ९ः०० बजे सङ्घीय संसद्को ल्होत्से हल नयाँ वानेश्वरमा संसदीय दलको बैठक बस्ने काँग्रेसले जनाएको छ ।

बैठकमा एमसीसी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगका बारेमा र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।


ताजा खबर