आज ८ सय ३६ जनामा कोरोना पुष्टि : ४ जनाको मृत्यु

आज देशभर ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार ६ सय ५४ नमूना पिसिआर परिक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज १ हजार ८ सय २६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।

हालसम्म कुल संक्रमित निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको छ ।

हाल देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, आज २ लाख ८८ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर