सारेगामप विजेता कृपालाई गृह जिल्लामा भव्य स्वागत

सारेगमप लिटिल च्याम्प्स नेपाल’को पहिलो सिजन विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।

उहाँलाई भद्रपुर विमानस्थलमै ‘कृपा जिताऊ अभियान’ सहित विभिन्न सङ्घ–संस्थाले आज चन्द्रगढी विमानस्थलमा फूल मालाले भव्य स्वागत गरेका हुन् । विजेता बनेपछि उहाँ आज पहिलो पटक गृह जिल्ला फर्किनुभएको हो ।

उहाँलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमिटरको दूरीमा रहेको गृह नगर बिर्तामोड पुर्‍याइएको छ । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताऊ अभियान’ सञ्चालन गरिएको थियो ।

सो अभियानले बिर्तामोडस्थित झापा नाटक घरमा कृपालाई सम्मान समेत गरिएको अभियानकी सदस्य तथा नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।


ताजा खबर